लिभरपुल र पीएसजी क्वार्टरफाइनलमा प्रवेश



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल र फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब आरबी लेइप्जिगलाई २–० ले तथा समग्रमा ४–० को फराकिलो गोल अन्तरले हराउँदै लिभरपुल अन्तिम आठमा प्रवेश गरेको हो । त्यसअघि लेइप्जिगको घरेलु मैदानमा सम्पन्न पहिलो लेगमा पनि लिभरपुलले २–० को नै जित आत्मसात गरेको थियो । दुवै लेगमा एकपक्षीय नतिजा निकाल्दै लिभरपुल समग्रमा ४–० को जितका साथ अन्तिम आठमा पुगेको हो ।

बुधबार राति एन्फिल्ड रंगशालामा भएको खेलमा लिभरपुललाई जिताउन खेलको ७०औं मिनेटमा मोहमद सालाहले पहिलो गोल गरेर अग्रता दिलाएका थिए । सो गोलमा डिएगो जोटाले असिस्ट प्रदान गरेका थिए । त्यसपछि पहिलो गोल गरेको तीन मिनेटपछि नै दोस्रो गोल साडियो मानेले गरे । यसपटक उनले ओरिगीको पासमा गोल गरेका थिए । तुलनात्मक रूपमा लेइप्जिगले खेल अवधिभर बलमा बलियो पकड जमाए पनि गोल गर्न नसक्दा हारको सामना गर्नुप¥यो । हारपछि यो सिजन उत्कृष्ट लयमा रहेको लेइप्जिग भने च्याम्पियन्स लिगबाट आउट भएको छ ।

प्रतिक्रिया दिनुहोस्