नेपाल बंगलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता



काठमाडौं, (नेस) ।

नेपाल बंगलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच नेपाल बंगलादेश बैंकका कर्मचारी, कर्मचारीका परिवार तथा खातावालाले हिमाल डेन्टल हस्पिटलको शाखाहरुमा उपचार गराउँंदा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा हिमाल डेन्टल हस्पिटलका तथा प्रबन्ध निर्देशक राजेन्द्र भट्टले हस्ताक्षर गर्नु भएको बैंकले जनाएको छ । हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा ५ तथा उपत्यका बाहिर ८ वटा शाखा रहेका छन् । बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्