एनएमबिका ग्राहकलाई सहुलियत



काठमाडौं, (नेस) ।

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीलाई द होराइजन होटल र आगन्तुक रिसोर्ट, बनेपामा छुट हुने समझदारी भएको छ । छुट्टाछुट्टै भएको समझदारी अनुसार खाना, पेय पदार्थ, आवास, स्विमिङ, स्पा सुविधामा १५ प्रतिशत छुट हुनेछ भने हेल्थ क्लब र बर्थ डे केकमा १० प्रतिशत छुट हुनेछ । सम्झौतापत्रमा एनएमबिका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र द होराइजन होटलका कार्यकारी निर्देशक क्षितिज श्रेष्ठ र आगन्तुक रिसोर्टका प्रबन्ध निर्देशक हरि नेपालले छुट्टाछुट्टै हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्