तानसेन जीवित सांस्कृतिक संग्रहालय



काठमाडौं, (नेस) ।

इतिहास र संस्कृतिका अन्वेषक तथा लेखक निर्मल श्रेष्ठको पाँचौं पुस्तक ‘सांस्कृतिक नगर तानसेन ः द लिभिङ्ग म्युजियम’ डिजिटल माध्यमबाट बिहीबार लोकार्पण भएको छ ।

भगवतीप्रसाद श्रेष्ठ, बालकुमारी श्रेष्ठ र बालप्रसाद श्रेष्ठद्वारा संयुक्त रूपमा लोकार्पण गरिएको उक्त पुस्तकमा तानसेन पाल्पामा वर्षभरि मनाइने सम्पूर्ण संस्कृतिलगायत नेपालका सांस्कृतिक परम्पराको विस्तृत विवरण प्रस्तुत गरिएको छ ।लोकार्पण गरिएको उक्त पुस्तकमाथि लेखक श्रेष्ठले संक्षिप्त प्रकाश पार्दै नेपाल र नेपालीको पहिचानका लागि सबैले आफ्नो मौलिकतालाई यसरी नै उजागर गर्न आवश्यक ठानेकाले आफूले यो पुस्तक तयार पारेको बताउनुभयो ।

कार्यक्रममा पूर्वसहसचिव बालप्रसाद श्रेष्ठ, पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, स्वतन्त्रपत्रकार श्रीधर खनाल, पूर्वप्रशासक तथा लेखक सुब सेन र नागरिक दैनिकका प्रधान संम्पादक गुणराज लुईटेलले शुभकामना मन्तव्य दिनुभएको थियो ।साहित्यकार अंगुरकुमार दाहालद्वारा सञ्चालित सो कार्यक्रममा पुस्तकका प्रकाशक केशलक्ष्मी श्रेष्ठले धन्यवादज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्