अडियो क्यासेटका आविष्कारकको निधन



 आम्सटर्डम, (एजेन्सी) ।

अडियो क्यासेटका आविष्कारक तथा डच इन्जिनियर लो ओट्टेन्सको ९४ वर्षको उमेरमा निधन भएको छ ।साठीको दशकमा क्यासेट टेपको विकास भएको थियो । त्यसयता विश्वभरि करिब १ सय अर्बप्रति क्यासेट चक्का बिक्री भएको हुनुपर्ने विशेषज्ञहरूको अनुमान रहेको छ ।

ओट्टेन्सको आविष्कारको कारण विश्वका संगीत श्रोताहरूको जिवनशैलीमै व्यापक परिवर्तन आएको थियो । तर कालान्तरमा सिडीको जमाना समेत सकिएर पेन ड्राइभहरूमा गीत संगीत सजिलै बोकेर हिंड्ने सक्ने भएकाले क्यासेट चक्काको व्यापार सुस्ताएको थियो । तर, केही वर्षयता भने पुनः अडियो क्यासेटको प्रयोग शुरू हुन थालेको आभाष पाइन्छ

एनका पारिवारिक सूत्रले इन्जिनियर ओट्टेन्सको गत सप्ताहान्त उनकै गृहनगर डुइजेलमा उनको निधन भएको मंगलबार सार्वजनिक गरेको थियो ।साठीको दशकमा ओट्टेन्स फिलिप्सको उत्पादन विकास विभागका अध्यक्ष रहेका थिए । उनले आफ्नो टोलीसँग मिलेर त्यही अडियो क्यासेटको आविष्कार गरेका थिए । सन् १९६३ मा वर्लिन रेडियो इलेक्ट्रोनिक्स मेलामा प्रदर्शित भएपछि उनको आविष्कारले विश्वभरि सफलता प्राप्त गरेको थियो । उनले आफ्नो आविष्कार विशेषगरी फिलिप्स र सोनी कम्पनीसँग सम्झौता गरेका थिए ।

कम्प्याक्ट डिस्कको विकास कार्यमा पनि उनको उल्लेखनीय योेगदान रहेको छ । अहिलेसम्म विश्वभरि कम्प्याक्ट डिस्क पनि २ सय अर्बवटा भन्दा बढि बिक्री भइसकेको तथ्यांक छ । आफ्नो कामबाट अवकाश लिइसकेकपछि उनले फिलिप्सले नभई सोनी कम्पनीले क्यासेट टेप प्लेयरको अर्को रूप वाकम्यान बनाएकोमा आफूलाई सबैभन्दा बढि दुःख लागेको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्