स्थानीयको स्वमूल्यांकन नतिजा राख्न आग्रह



काठमाडौं, (नेस)।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउ“पालिका र नगरपालिकालाई आ–आफ्नो तहको स्वमूल्यांकन गरी प्राप्त नतिजालाई मन्त्रालयबाट तयार गरिएको सफ्टवेयरमा प्रविष्ट गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

स्थानीय तहको संस्थागत क्षमताको स्वमूल्यांकनबाट नेपालको संविधान तथा प्रचलित कानुनको मर्म र भावनाअनुसार स्थानीय तह सञ्चालन गर्न, स्थानीय तहका असल अभ्यासलाई संस्थागत गर्न तथा सुधार गर्नुपर्ने विषयलाई समयमै पहिचान गरी स्थानीय तहको प्रभावकारिता वृद्धि गर्न सहयोग पुग्ने भएकाले मन्त्रालयबाट स्वीकृत कार्यविधिअनुसार प्रदेशस्तरीय प्रशिक्षकहरुको सहयोग लिई प्राप्त नतिजा राख्न भनेको हो ।

स्थानीय तहको स्वमूल्यांकनमा सहयोग पु¥याउन मन्त्रालयले सातै प्रदेशमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिसकेको र सो प्रशिक्षण कार्यक्रममा सहभागी भएका प्रशिक्षकहरूलाई प्रदेश प्रशिक्षण प्रतिष्ठान तथा प्रदेश सुशासन केन्द्रमार्फत स्थानीय तहको स्वमूल्यांकन कार्यमा सहजीकरण गर्न खटाउने व्यवस्था मन्त्रालयले मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्