ओली पक्षबाट भइरहेको गतिविधिविरुद्ध वक्तव्य जारी गर्ने खनाल-नेपालको निर्णय



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल निकट स्थायी कमिटी सदस्यहरुको बैठक सकिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आफूमाथि गरिरहेको विभिन्न गतिविधिविरुद्ध वक्तव्य जारी गर्ने नेपाल खनाल पक्षले निर्णय गरेको जनाइएको छ ।

त्यस्तै, बैठकमा नेकपा एमालेलाई कसरी मजबुत बनाउन सकिन्न भन्ने विषयमा समेत छलफल भएको उपाध्यक्ष भीम रावलले बताएछन् । आजको भेला कुनै गुटगत नभएर पार्टीलाई अगाडि बढाउने विषयमा छलफल गर्नका लागि राखिएको रावलले बताए ।

सञ्चारकर्मीसँग कुरा गर्दै रावलले भने,’ अमिल्दा कामहरूलाई निरुत्साहित गर्ने एमालेको संगठित शक्तिलाई कमजोर बनाउने काम नहोस् भनेर सक्रियतापूर्वक लाग्ने भन्ने विषयमा छलफल भएको हो । ‘त्यस्तै, तुरुन्त पार्टीको बैठक बोलाएर विभिन्न विषयको हल खोज्नुपर्ने आजको बैठकले निष्कर्ष निकालेको रावलले जनाए ।

प्रतिक्रिया दिनुहोस्