माराकना अब पेलेको नाममा हुने



रियो डि जेनेरियो, एजेन्सी 

ब्राजिलको प्रतिष्ठित माराकाना रंगशालाको नाम फेरिएर पेलेको नाममा राखिने भएको छ ।ब्राजिलका दिग्गज फुटबलर पेलेको नाममा हुने भएपछि उक्त रंगशालाको नाम एडसन एरान्टेस डो नासिमेन्टो–रेइ पेले स्टेडियम हुनेछ । ८० वर्षीय पेलेको वास्तविक नामबाट राखिन लागेको उक्त नामसँगै जोडिएको रेइ ९आरईआई० शब्द पोर्चुगिज भाषामा राजा अर्थ लाग्छ । रियो डि जेनेइरोको राज्य सरकारले अब माराकाना स्टेडियमको नाम फेर्नेछ ।

ब्राजिलका लागि तीनवटा विश्वकप उपाधि जितेका पेलेले उक्त स्टेडियममा व्यक्तिगत १ हजारौं गोल गरेका थिए । उनले सो गोल १९६९ मा उनको टिम सान्टोसका लागि भास्को डा गामाविरुद्ध गरेका थिए । माराकानामा १९५० र २०१४ मा विश्वकपका फाइनल खेलहरु भएका थिए । त्यस्तै २०१६ को ओलम्पिकको उद्घाटन समारोह पनि यही रंगशालामा आयोजना गरिएको थियो ।

उक्त रंगशालामा १९५० मा भएको विश्वकप फाइनल खेल हेर्नेको दर्शक संख्या २ लाखभन्दा बढी रहेको थियो, जब कि उक्त रंगशालामा करिब ७९ हजार दर्शक मात्रै अट्ने क्षमता रहेको छ । सो फाइनल खेलमा उरुग्वे र ब्राजिलले उपाधिका लागि खेलेका थिए । तर आयोजक टिम ब्राजिल पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्