‘रन फर फन’मा रायमाझी पहिलो



बाँके, नेस  ।

सेना दिवसको अवसरमा आयोजित दोस्रो नेचर कन्जरभेसन रन ९रन फर फन० को हाफ म्याराथनमा खड्गबहादुर गणका सिपाही शिवबहादुर रायमाझी पहिलो भएका छन् । नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डाको आयोजनामा बाँकेको शमशेरगञ्जमा म्याराथनमा रायमाझीले १ घण्टा १० मिनेट २१ सेकेन्डमा पूरा गरे । उनले ५० हजार रुपैया हात पारे ।

त्यस्तै भैरवनाथ गणका भेषराज बास्तोलाले १ घण्टा १८ मिनेट ३१ सेकेन्डमा दौड पूरा गरेर दोस्रो स्थान हासिल गरे । उनले ३० हजार रुपैया पुरस्कार पाए । नेपालगञ्जका ललित शाहीले १ घण्टा २१ मिनेट ४२ सेकेन्डसहित तेस्रो हुँदै २० हजार रुपैया पुरस्कार पाए । दौडमा मख्खन बस्नेत चौथो र विरेन्द्र राई पाँचौं भए । बस्नेतले १० हजार र राईले ५ हजार प्राप्त गरे ।

महिलाको १० किलोमिटर दौडमा रोजिना भण्डारी प्रथम भइन् । ३९ मिनेट ४० सेकेन्डमा दौड पूरा गरेकी भण्डारीले ३० हजार रुपैया पुरस्कार पाइन् ।सीता चौधरी दोस्रो र पूर्णिमा खड्का तेस्रो भए । उनीहरुले क्रमशः २५ हजार र २० हजार रुपैया पाए ।

प्रतिक्रिया दिनुहोस्