१६ वर्षदेखि कौसी खेती, तरकारीदेखि जडिबुटीसम्म छतमै



मिला दरै, तनहुँ

घरमा हेर्दा जताततै हरियाली फूलैफूलका बिरुवाले सजिएको देखिन्छ । तर, घरको छतसम्म पुगेर हेर्ने हो भने रहर लाग्दा सबै प्रकारका तरकारी कसलाई पो लोभ नलाग्ला र रु करेसाबारीमा नभई घरको छतमा फलेका असाध्यै लोभ लाग्दा छन् । हुन त यो छतमा सिजन अनुसार धेरै प्रकारका तरकारी उत्पादन हुन्छन् । अहिले छतमा काउली, साग, ब्रोकाउली, सोप, मेथी, पालुङ्गोलगायत अन्य तरकारी पनि फलेका छन् । व्यास नगरपालिका–३ कालिकामार्गस्थित कल्पना गौलीको घरको छत करेसाबारीभन्दा कम छैन ।

शहर तथा ग्रामीण क्षेत्रमा पनि कंक्रिटले भरिँदै गएको छ । कंक्रिटले भरिँदै गएपछि ताजा तथा मौसमी तरकारी लगाउने र खानमा कौसीले टेवा पु¥याएको छ । गृहिणीलाई भान्छामा खाना पकाउने बेलामा तरकारी के पकाउने भन्दै बजार जानुपर्ने हुन्छ । यस्तो हतारो गर्नुपर्ने समस्याको कौसी खेतीले सहजता दिन थालेको छ । गौलीलाई भान्छामा खाना पकाउने बेला बजारमा तरकारी के किन्ने, कुन तरकारी ताजा खोज्नुपर्ने हतारो हँुदैन् । तरकारी पकाउने बेलामा छत ९कौसी०मा उक्लेर टिप्यो र पकायो अनि ताजा तरकारी परिवारलाई खुवाउन सकिने उहाँ बताउनुहुन्छ ।जग्गा नहुनेका लागि आफूलाई पुग्ने ताजा तरकारी फलाउन सकिन्छ भन्ने उदाहरण बनेको छ कल्पनाको घरको छत । लुगा सुकाउन र घरका नियमित काममा नआउने वस्तु थान्काउने ठाउँ बनेको कौसी अहिले करेसाबारी नै बनेको छ । जनसंख्याको चापले धेरै नेपालीका लागि पर्याप्त जमिन नहुने र खेती गर्ने ठाउँ उपलब्ध नहुँदा समस्या हुँदै आएको छ । तर, आफ्नै ठाउँको प्रयोग गरी आफैंले खेती गरेर परिवारलाई पुग्ने तरकारी फलाउनु सम्भव देखिएको छ ।

गौलीलाई विगतमा जग्गा भएको भए आफैंले उत्पादन गरेको ताजा तरकारी खाने तर अहिले त्यो इच्छा पुरा भएको छ । उहाँलाई जमिन नभएकोमा यस्तै समस्याले चिन्ता लाग्ने गरेको बताउनुहुन्छ । तर, अहिले रहर र उपाय निकाल्न जानेपछि ताजा र औषधिजन्य तरकारी खान पाएको बताउनुहुन्छ । ‘करेसाबारी छैन त के भो र जहाँ समस्या त्यहाँ उपाय निस्कियो, अनि ताजा तरकारी पनि खान पाइएको छ,’ गौली भन्नुहुन्छ । उहाँको छतमा नै सिमी, बोडी, करेला, भान्टा, टमाटर र खुर्सानी लटरम्म फलेका छन् । लसुन, प्याजमात्रै होइन, सिजनअनुसारका सबै प्रकारका तरकारीसमेत फलाउनुहुन्छ।१६ वर्षदेखि कौसीमा तरकारी फलाउँदै आउनुभएकी उहाँ भन्नुहुन्छ–‘फूल फुल्ने गमलामा तरकारी पनि कसो नहोला भनेर शुरु गरेका थिएँ, गज्जबको उत्पादन हुने रहेछ, त्यसपछि यसलाई निरन्तरता दिएँ ।’ कौसीमा फल्ने तरकारीले नै पुग्दा कल्पनालाई कहिले पनि बजारको तरकारी किन्नु पर्दैन, साथै उहाँले महिना–महिनाको अन्तरमा काठमाडौंमा बस्ने आमाबुबालाई पनि तरकारी पठाउनुहुन्छ भने आफन्तलाई भेट्न जाँदा र आउँदा पनि कोसेली दिएर पठाउन पुगेको छ ।

छतमा गमला, बाल्टीलगायत अन्य भाँडामा बेमौसमी तरकारी लगाउनुभएको छ । कौसी खेतीमा आफूलाई रुचि लाग्ने र यसले खुसी र आनन्द थप्ने काम पनि गर्ने भएकाले घर बनाउने समयमै कौसीखेती गर्न मिल्ने गरी घरको कौसीमा ढलान गरेर क्यारी निर्माण गरिएको उहाँले बताउनुभयो । खेती गर्नका लागि प्रशस्त जमिन र सिँचाइको आवश्यक पर्छ भन्ने मान्यतालाई तोड्दै उहाँले छतमा आफूलाई चाहिने तरकारी, जडीबुटी, फूल लगाउनुभएको छ । कौसीको तरकारी बारीले घरको सुन्दरता पनि बढाएको छ ।लकडाउनको समयमा उहाँले तरकारी बेचेर १६ हजार रुपियाँ आम्दानी गरेको बताउनुहुन्छ । कौसीमा तरकारी खेती शुरु गरेपछि उहाँलाई भान्छाबाट निस्कने फोहोर तह लगाउन सजिलो भएको छ ।उहाँको कौसीमा हिमालदेखि तराईमा पाइने १९ प्रजातीका जडिबुटीसमेत पाइन्छ । हिमालमा पाइने जम्बु, मेथी, पदिनालगायतका जडिबुटी छन् ।

प्रतिक्रिया दिनुहोस्