आर्थिक कूटनीतिमार्फत् निर्यात र लगानी विस्तारमा जोड



काठमाडौं, नेस 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपालका लागि जाम्वियाका अवैतनिक महावाणिज्यदूत देशबन्धु बस्नेत र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत डा। निर्मल विश्वकर्माबीच बुधबार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा राजदूत विश्वकर्माले आफ्नो कार्यकालमा आर्थिक कूटनीतिको प्रभावकारी परिचालनमार्फत आपसी लाभ उठाउन के–कसरी कार्य गर्न सकिन्छ सो सम्बन्धमा नेपाली निजी क्षेत्रसँग छलफल गरेको बताउनुभयो ।

नवनियुक्त राजदूत विश्वकर्मा दक्षिण अफ्रिकाका लागि आवासीय र अन्य ११ वटा अफ्रिकी राष्ट्रहरूका लागि गैरआवासीय राजदूतको जिम्मेवारी लिई त्यसतर्फ जान लाग्नु भएको छ । सो भेटवार्तामा नेपालको दक्षिण अफ्रिकासहित अफ्रिकी मुलुकहरूसँग आपसी सम्बन्ध विस्तार, कनेक्टिीभीटीमा जोड दिनुपर्ने, पर्यटनसहित सांस्कृति आदान प्रदान, निजी क्षेत्रबीचको सम्बन्ध बढाउने कार्यमा समेत राजदूतावासका तर्फबाट विशेष सहयोग हुनुपर्नेमा महासंघको जोड रहयो ।त्यसैगरी व्यापार, लगानी, पर्यटन प्रवद्र्धन एवं विस्तारका लागि राजदूतावासले हेर्ने सवै देशका निजी क्षेत्रका प्रतिनिधि संस्थासँग सहमतीपत्रमा हस्ताक्षर गर्न अधिकतम पहल हुनुपर्ने, नेपालको प्रवद्र्धनमा ती देशहरूमा विशेष प्रवद्र्धनात्मक कार्यक्रमहरूको आयोजना गर्नुपर्ने, उद्यमी व्यवसायीहरूको प्रतिनिधिमण्डलको भ्रमण आदान प्रदानलाई मुख्य प्राथमिकतामा राखेर काम गर्नुपर्ने महासंघले सुझाव दिएको छ ।

सो अवसरमा राजदूत विश्वकर्माले आफ्नो कार्यकालमा अफ्रिकन देशहरू र नेपाल बीचको सम्बन्धलाई थप परिणामदायी बनाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह हुने भन्दै महासंघबाट प्राप्त सुझावहरूलाई आफूले सक्दो कार्यान्वयनमा लैजाने विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्