प्रधानमन्त्री ओलीको पद दुई महिनाभन्दा बढी रहँदैन: राई



रामधन राई, खोटाङ ।

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी ओलीको प्रधानमन्त्रीको पद दुई महिनाभन्दा बढी नरहने बताउनुभएको छ । दिक्तेल बजारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता राईले यस्तो बताउनुभएको हो ।जसपा जिल्ला प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उत्पन्न राजनीतिक घटनाले त्यस्तो अवस्था सिर्जना भएको उहाँले जनाउनुभयो ।

जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा विकसित राजनीतिक घटनाक्रममा सबैभन्दा पश्चगामी रहेको समेत धारणा राख्नुभयो । नेपालको संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्ने यात्राबाट प्रधानमन्त्री ओली प्रतिगमनको बाटोमा लागेको नेता राईको आरोप छ ।विकसित राजनीतिक घटनाक्रमले जसपालाई ‘किङ मेकर’ बनाएको भन्दै आफ्नो पार्टीले सोच–विचार गरेर मात्र अगाडि बढ्ने कुरामा जोड दिनुभयो ।

नेपालको राजनीतिक ध्रुविकरणको दिशामा अगाडि बढेको बताउँदै नेता राईले अब आफ्ना पार्टीको नीति र विचार अनुसार शर्तहरू अगाडि राख्दै शसर्त सरकारमा सामेल हुन सकिने सम्भावना रहेको राईको भनाइ छ ।नेता राईले सवै राजनीतिक दलहरूले जसपालाई प्रधानमन्त्रीको नेतृत्व दिन तयार रहे जसपाले लिन पनि तयारी रहेको सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्