पर्वतमा खोप अभियान रोकियो



पर्वत (नेस) ।

पर्वतमा दोस्रो चरणको कोरोना विरूद्धको खोप लगाउने अभियान रोकिएको छ । स्वास्थ्य कार्यालयसँग भएका खोपको डोज सकिएपछि अभियान रोकिएको हो ।

स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले जिल्लामा ६५ वर्ष उमेर पूरा भएकाहरूको संख्या ११ हजार आठ सय ७५ रहेकोमा छ हजार एक सय ४९ जनालाई खोप दिँदा जगेडा रहेको खोप सकिएको जानकारी दिनुभयो ।गौतमका अनुसार लक्षितमध्ये ५२ प्रतिशतलाई खोप लगाइएको छ । थप खोप पठाउन केन्द्र र प्रदेशमा माग पठाइएको र थप खोप नपाएसम्मका लागि अभियान रोकिएको गौतमले बताउनुभयो ।

जिल्लाका सातै स्थानीय तहमा रहेका खोप केन्द्र, पर्वत अस्पताल र स्वास्थ्य कार्यालय गरी ५८ वटा केन्द्रमा खोप लगाउने अभियान थियो ।
स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत प्रविण भण्डारीका अनुसार जिल्लामा पहिलो चरणमा लगाइएको खोप अभियानका क्रममा एक सय ६२ भाइल बचत रहेकोमा दोस्रो चरणका लागि कुल पाँच सय ५० भाइल प्राप्त भएको थियो । दुवै चरणका लागि उपलब्ध रहेका सात सय १२ भाइल खोप सकिएका हुन् । एक भाइलबाट बढीमा १० जनालाई खोप लगाउन सकिन्छ ।६५ वर्षभन्दा माथिका नागरिकहरूलाई खोप लगाउन अब कम्तीमा पनि पाँच हजारभन्दा बढी डोज आवश्यक रहेको भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्