आयो थारु गीत



गायक भुपेन चौधरी र गायिका अनु चौधरीको स्वरमा थारु गीत सनन सननको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
गीतमा भुपेनकै शब्द र संगीत तथा लोकजी मिजारको एरेन्जमेन्ट रहेको छ।

डान्सिङ फ्लेभरको गीतको भिडियोमा नवीन चापागाईं र रितु चौधरी फिचर्ड छन्। भिडियोमा अशोक के परियार र अभिषेक सेन ठकुरीको कोरियोग्राफी तथा भुपेन चौधरीको छायांकन, सम्पादन, रंग संयोजन र निर्देशन छ। भिडियो द कन्टेन नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्