बोर्ड राख्ने होडबाजी



सल्यान, (नेस) ।

सल्यानमा माओवादी केन्द्र र एमालेले छुटछुट्टै स्थानमा पार्टीको बोर्ड राखेका छन् । बुधबार ओली समूहका कार्यकर्ताले सल्यान सदरमुकामस्थित मदनआश्रित स्मृति प्रतिष्ठानको भवनमा र माओवादी केन्द्रले सदरमुकाममै जिल्ला पार्टी कार्यालय लेखेको बोर्ड रोखेका छन् । यसअघि मदनआश्रित स्मृति प्रतिष्ठानमा नेकपाको पार्टी कार्यालय राखिएको थियो । २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएसँगै जिल्लाका १० वटै स्थानीयतहमा नेकपाको कार्यालय स्थापनागरिएको थियो ।

पार्टी कार्यालय सुचारु कार्यक्रममा बोल्दै नेकपा एमालेको पार्टी जिल्ला अध्यक्ष गोविन्द पुनले विगतमा भएका सम्पूर्ण गतिविधिलाई यथावत् राखी अब पार्टीलाई एक बनाउन लागिपर्ने बताउनुभयो । हिजोका दिनमा जुनसुकै पार्टीको कित्तामा उभिए पनि अब एमालेको नीति र विचारमा लागेर अगाडि बढ्ने बताउनुभयो ।

दुई पार्टी एक भएको तीन वर्षपछि सर्वोच्च अदालतको फैसलालाई आत्मसात् गर्दै पार्टी कार्यालय खोल्नुपरेको माओवादी केन्द्रका अध्यक्ष कर्णबहादुर बुढाथोकीले बताए । छुट्टाछुट्टै पार्टी कार्यालय खोल्नु आफूहरुको रहरभन्दा पनि सर्वोच्च अदालतको फैसलाले बाध्यकारी बनाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्