भारतीय दूतावासका नियोग उप-प्रमुखद्वारा ललितपुरस्थित सहकारी प्रवर्द्धन केन्द्रको नयाँ भवन उद्घाटन



न्युज अफ नेपाल, ललितपुर।

भारत सरकारको साढे ३ करोड आर्थिक सहयोगमा ललितपुरस्थित जिल्ला सहकारी संघ लिमिटेडको लागि निर्माण गरिएको नयाँ सहकारी प्रवर्द्धनकेन्द्र भवनको उद्घाटन गरिएको छ । बुधबार काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य सी खम्पाले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा नेपाल सरकारका पूर्वअर्थमन्त्री उदय राणा, सहकारी संघ लिमिटेड, ललितपुरका अध्यक्ष माधव दुलाल तथा संघका पदाधिकारी र जिल्ला समन्वय समितिका प्रतिनिधिहरुको उक्त समारोहमा उपस्थिति थियो । ‘नेपाल(भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित यस तीनतल्ले नयाँ भवनमा बहुउद्देश्यीय बेसमेन्ट, ग्राउण्ड र दोस्रो तल्ला छन् । पहिलो तल्ला खल्ला बजारका लागि प्रयोग गरिनेछ ।

दोस्रो तल्लामा कार्यालय एवम् प्रशिक्षण कक्ष, बहुउद्देश्यीय हल, एउटा स्रोत केन्द्र तथा चमेनागृह रहनेछ भने बहुउद्देश्यीय बेसमेन्टको एउटा खण्डमा पार्किङ्गको सुविधा हुनेछ । यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत रहेको छ र यसको कार्यान्वयन जिल्ला समन्वय समिति, ललितपुरले गरेको हो ।

सन् २००३ यता भारतले नेपालमा ४४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ । जसमध्ये ललितपर जिल्लाका ९ वटा परियोजना सहित ८४ वटा परियोजना प्रदेश नं ३ मा रहेको छ । यी बाहेक भारतीय राजदूतावासले ललितपुर जिल्लाका विभिन्न स्वास्थ्य चौकी, गैरसरकारी संस्था तथा शैक्षिक संस्थाहरुलाई १८ वटा एम्बुलेन्स र ९ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

सन् १९७२ मा स्थापित यस सहकारी संघ लिमिटेडको सदस्य समाजको रुपमा ७६५ वटा सहकारी रहेका छन् भने तीन लाख पचास हजार भन्दा बढी सदस्यता रहेको छ । यस सहकारी संघको मुख्य उद्देश्य भन्नु नै सदस्य सहकारीको गतिविधिको नेतृत्व, समर्थन, समन्वय र प्रवद्र्घन गर्नुका साथै खेती किसानी गर्ने समुदायको विकास एवम् सुदृढीकरण गर्नु हो ।

यस नवनिर्मित सहकारी प्रवद्र्घन केन्द्रले सहकारी तथा यसका किसान सदस्यहरुको बजारीकरण क्षमता बढाउने अपेक्षा गरिएको छ । यसका साथै यसले किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । कृषिजन्य उत्पादनको बजारीकरणमा विशेष रुचि राख्ने व्यक्तिहरुका लागि सो भवनले सूचना केन्द्रको रुपमा पनि काम गर्ने विश्वास लिइएको छ ।

भारत नेपालको भरपर्दो विकास साझेदारको रुपमा रहेको छ । यस परियोजना मार्फत कृषि बजारीकरण क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा भारतीय राजदूतावासले थप बल प्रदान गरेको छ । गत दुई वर्षमा भारतले ५९ जना कृषि वैज्ञानिक, किसान, जैविक खेती, माटो परीक्षण र मलखाद विज्ञान जस्ता क्षेत्रमा आबद्घ कृषिक्षेत्रका नीति निर्माणकर्तालाई दिल्लीको ल्बतष्यलब नेशनल क्यापीटल रिजनको शीर्षस्थ भारतीय कृषि केन्द्रहरुमा प्रशिक्षण दिइसकेको छ । दुवै देशका सरकारले नेपालमा नमुना पशु अस्पताल र पशु प्रयोगशाला स्थापना गर्ने बारे काम पनि गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्