चेल्सीको जित



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिगमा चेल्सीले जितको नतिजा आत्मसात गरेको छ ।चेल्सीले आफ्नै घरेलु मैदानमा एभर्टनलाई २–० गोलअन्तरले पराजित गरेको हो । स्टामफोर्ड ब्रिजमा सोमबार राति भएको खेलमा चेल्सीको जितमा जर्गिन्होले एक गोल गर्दा अर्को आत्मघाती गोल उपहार पाएको थियो । घरेलु मैदानमा चेल्सीले खेलको सुरुवातदेखि नै एभर्टनलाई दबाबमा राखेको थियो ।

खेलको ३१औं मिनेटमा काई हाभर्टजको फ्लिक प्रयासलाई गुडफ्रेले बचाउन खोज्दा आफ्नै गोलपोस्टमा बल छिराएपछि चेल्सीले खेलमा १–० को अग्रता बनाएको थियो । त्यस्तै, खेलको ६५औं मिनेटमा चेल्सीले पेनाल्टीमार्फत् गोल गर्दे अग्रता दोब्बर बनायो । डीबक्समा काई हाभर्टजलाई जोर्डन पिकफोर्डले फाउल गरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टीको अवसर दिएका थिए । जसलाई जर्गिन्होले गोलमा परिणत गर्दै चेल्सीको अग्रता दोब्बर पारे । उक्त जितपछि चेल्सी २८ खेलबाट ५० अंक जोडेको छ । यता, पराजित एभर्टनको भने ४६ अंक छ ।

प्रतिक्रिया दिनुहोस्