टप म्युजिक अवार्ड हुने



आयोजक युथ ग्रुप नेपालले नेपाल टप म्युजिक अवार्ड २०२१ आयोजना गर्ने भएको छ।

सुगम संगीत, पप संगीत, लोक दोहोरी, अन्तर्राष्ट्रिय भिडियो, चर्चित गीत, फिल्मी गीत, भाषागत र प्रादेशीकतर्फ गरेर गायक, गायिका, संगीतकार, एरेन्ज, भिडियोलगायत करिब तीन दर्जनबढी विधा अवार्डमा समेटिएको छ।

नयाँ वर्षको अवसरमा एक भव्य कार्यक्रमसहित प्रदान गरिने अवार्डको जुरी तथा उत्कृष्ट ५ मनोनयन सूची जेठमा सार्वजनिक गरिने आयोजक युथ ग्रुप नेपाल अध्यक्ष अशोक क्षेत्रीले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्