खुलासिमानाका कारण मुद्दा फछ्र्यौटमै समस्या



कृष्णउदास खनाल, वीरगञ्ज।

खुल्ला सीमाको फाइदा उठाउँदै दक्षिण भारतबाट नेपालमा प्रवेश गरी आपराधिक गतिविधि गर्ने भारतीयको लगत फछ्र्यौटमा सुधार नआएको पाइएको छ ।सीमावारी आई अपराध गरी पुनः सीमा कट्ने हुँदा पर्सा जिल्ला अदालतले दोषी ठहर गरिसकेका विदेशीको लगत फछ्र्यौटमा सुधार गर्न नसकिएको हो ।अदालतले दोषी ठहर गरिसकेको मध्ये १ सय ८६ जना विदेशीको लगत फछ्र्यौट गर्न अझै बाँकि रहेको पर्सा जिल्ला अदालतको तहसिल शाखाले जनाएको छ।यो लगतमा पनि गम्भीर प्रकृतिका अपराध गरी कैद मात्र फैसला सुनाएका १४ जना रहेको पर्सा जिल्ला अदालतको तहसिल शाखाका प्रमुख विनोद पोखरेलले बताउनुभयो ।

त्यसैगरी, जरिवाना मात्र सुनाइएका ५६ जना र जरिवाना तथा कैद दुवै सजाय सुनाइएका सबैभन्दा बढी अर्थात १ सय १५ जना रहेका छन्।स्वदेशी नागरिक बाहेक सबैलाई विदेशी भनिने हुँदा पर्सा जिल्ला अदालतको लगतअनुसार दोषी ठहर भएका सबै भारतीय नागरिक रहेको नै उहाँले बताउनुभयो । चालू आर्थिक वर्षको माघ महिनामा एक जना फेरि थपिँदा पर्सा जिल्ला अदालतले विदेशी नागरिकबाट लगत फछ्र्यौट गर्न १ सय ८६ पुगेको हो।चालू आर्थिक वर्षको माघ सम्म कैद मात्र फैसला सुनाइएका २ जना र कैद तथा जरिवाना दुवै ठहर भएका ६ जना गरी ८ जनाको भने लगत फछ्र्यौट भएको छ । तथापि, जिम्मेवारी सरी आएका सहित दोषी ठहर सबैको हकमा भने अदालत आm्नो प्रकृयामा लागिरहेको फछ्र्यौट हुन भने अझै बाँकि रहेको तहसिल शाखा प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

यता विभिन्न अपराधमा संलग्न भएका नेपालीहरूको संख्या पनि माघ महिनामा पनि १ सय ९७ जना थपिएको छ । यो संख्यासहित पर्सामा अपराधमा संलग्न भई अदालतले दोषी ठहर गरेपछि फरार हुने नेपालीको कुल संख्या पनि ३ हजार २ सय ७४ पुगेको पर्सा जिल्ला अदालतको तथ्यांकले देखाएको छ। यो संख्यामा गत वर्षसम्मको जिम्मेवारी सरी आएको संख्या सबैभन्दा धेरै अर्थात् ३ हजार ७७ रहेको छ।यो संख्यामा ७५ जनालाई कैद मात्र छ ।१ हजार ८ सय ९९ जनालाई जरिवाना र १ हजार १ सय ३ जनालाई भने कैद र जरिवाना दुवै सुनाइएको तहसिल शाखा प्रमुख पोखरेलले बताउनुभयो । तहसिलमासबैभन्दा बढी मुलुकको पछिल्लो नयाँ संरचना र स्थानीयको असहयोग पनि रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्