प्रतिनिधिसभा बैठक बस्दै, यसअघि पारित हुन नसकेका अध्यादेश फेरि पेस हुने



न्युज अफ नेपाल, काठमाडौं  ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ । बैठक बुधबार दिउँसो एक बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा सात वटा अध्यादेश पेस हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको छ ।

यसअघि सोमबारको बैठकमा पेस भएर पारित हुन नसकेका विधेयकहरु आजको बैठकमा पनि पेस हुने संसद सचिवालयले जनाएको छ ।

सोमबारको बैठकमा विपक्षी दलहरुको विरोधका बाबजुद संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस भएको थियो । सो विधेयक संविधानसँग बाझिएको भन्दै संसदबाट पारित गर्न नदिने रणनीति विपक्षी दलहरुले बनाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपासहितका सांसदहरुले अध्यादेश संविधानसँग बाझिएको भन्दै यसअघि नै विरोधको सूचना दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्