मुख्यमन्त्री रावतले दिए राजीनामा



एजेन्सी : भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले राज्यपाल बेबी रानी मौर्यलाई आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएपछि उनले राजीनामा बुझाउने आफ्नो नभइ पार्टीको निर्णय भएको बताएका बीबीसी हिन्दीले जनाएको छ । रावतले राजीनामाका विषयमा जानकारी दिन बुधवार सांसदहरूको बैठक बोलाएका छन् ।

भारतीय जनता पार्टीको तर्फबाट मुख्यमन्त्री बन्नुभएका रावत केही दिनदेखि राजीनामाको दबाब बढ्दै गएको थियो । सन् २००० मा गठन भएको उत्तराखण्ड राज्यमा अहिलेसम्म आठ जना मुख्यमन्त्री बनिसकेका छन् । ७० सदस्यको उत्तराखण्डको विधानसभामा अहिले भाजपाका ५६, कांग्रेसका ११ र दुई जना स्वतन्त्र विधायक छन् । एक सिट खाली छ ।

बहुमत भए पनि पार्टीभित्रको असन्तोषका कारण रावतलाई पदबाट राजीनामा गर्न लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भाजपाले मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतका कारण उत्तराखण्डका मानिसमा सरकारप्रतिको धारणा नकारात्मक बनेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्