सरकारले बंगलादेशबाट खरिद गरेको मल वीरगन्ज आइपुग्यो



कृष्णउदास खनाल, वीरगन्ज ।

नेपाल सरकारले बंगलादेशबाट ल्याउने भनिएको युरिया मल नेपाल भित्रिएको छ । बंगलादेशले अनुदानमा र सापटीमा मल नदिने भएपछि गभर्मेन्ट टु गभर्मेन्ट (जिटुजी) प्रक्रिययाबाट खरिद गरेको मल वीरगन्ज भित्रिएको हो । जि टु जि प्रक्रियाबाट विना कुनै मध्यस्थकर्ता खरिद गरिएको ५० हजार मेट्रिक टन युरिया मलमध्ये पहिलो चरणमा बंगलादेशको कर्णाफुल्लीबाट लिफ्टिङ भई २२ हजार ५०० मेट्रिक टन मल मध्ये दुई हजार पाँच सय मेट्रिक टन मल वीरगन्जको सुख्खा बन्दरगाहमा आइपुगेको कृषि सामग्री वीरगन्जका प्रमुख गोरखनाथ केसीले जानकारी दिनुभयो ।

आज एक यार्ड मल सुख्खा बन्दरगाहमा आइपुगेको र बाँकी मल पनि छिट्टै ल्याउने तयारी भएको उहाँले जानकारी दिनुभयो । गत सिजनमा भएको रासायनिक मलको अभावलाई मध्यनजर गरी यस वर्ष कृषि सामग्री कम्पनीले थप एक लाख २० हजार मेट्रिक टन युरिया मल पनि चैतभित्रमा नै नेपाल ल्याइपु¥याउने गरी खरिद गरिसकेको बुझिएको छ। यसैगरी डिएपी मल पनि ५० हजार मेट्रिक टन नेपाल भित्रिसकेको छ।सबै मल आइपुगेपछि आगामी सिजनमा मलको अभाव नहुने सरकारी अधिकारीहरुको दाब्री छ ।

प्रतिक्रिया दिनुहोस्