कांग्रेस नेता जोशी फेरि कोमामा



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली काग्रेंसका नेता तथा पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा पुनः समस्या आएको छ । उहाँलाई शनिवारदेखि पुनः भेन्टिलेटरमा राखी उपचार शुरु गरिएको अस्पताल स्रोतले जनाएको छ ।

गत फागुन १३ गते देखि मस्तिष्कघातको समस्या भएपछि वीर अस्पताल हुँदै नर्भिक अस्पतालमा सघन उपचार कक्षमा उपचार गराईरहुनभएका नेताको एकसाता अघि स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट निकाली सघन उपचारकक्षमै राखी उपचार भैरहेको थियो ।
उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको थियो । तर, शनिबार बिहान एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि भेन्टिलेटरमा राखिएको उपचारमा संलग्न डा. राजीव झाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्