काङ्ग्रेस नेता गोपालमान श्रेष्ठ डिस्चार्ज



भूपराज बस्याल, काठमाडौ ।

स्वास्थ्यमा देखिएको समस्याका कारण फागुन १६ गते अस्पताल भर्ना हुनुभएका पूर्व उपप्रधानमन्त्री तथा काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठ दस दिनको अस्पताल बसाइ पछि आज डिस्चार्ज हुनु भएको छ ।

काठमाडौको नर्भिक अस्पतालमा उपचार गराउनु भएका उहाँको स्वास्थ्यमा सुधार आएपछि डाक्टरको सल्लाहमा आज निवास फर्किनु भएको हो ।

शरीर कमजोर र साझमा हल्का ज्वरो देखिएपछि १४ गते रगत तथा पिसाब परीक्षण गर्ने क्रममा उहाँमा सुगर देखिएको थियो । १५ गते पुनः रगत,दिशा पिसाब चेक गर्दा समेत सुगर देखिएपछि १६ गते २स्३० बजे श्रेष्ठ काठमाडौको मेट्रो अस्पताल पुगी डा ज्योती भट्टराईसंग परामर्श गर्नु भएको थियो । अस्पताल पुगे लगत्तै उहाँमा अक्सिजनको मात्रा कम देखिएपछि डाक्टर भट्टराईकै सल्लाहमा सोही दिन दिउँसो ४ बजे हाल उपचाररत नर्भिक अस्पताल रिफर गरिएको थियो । नर्भिक अस्पतालमा चौबीस घण्टाको सिसियु उपचार पछि नर्मल वाडमा राखेर उपचार गरिएको थियो ।

अस्पतालमा उपचाररत रहदा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, कृषि तथा पशुपन्छी बिकास मन्त्री पद्म कुमारी अर्याल लगायत शुभचिन्तकहरु नेता श्रेष्ठको स्वास्थ अवस्था बुझ्न पुग्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्