संविधानको स्थायी कार्यान्वयनका लागि कांग्रेसको नेतृत्वमा सर्वदलीय सरकार बन्नुपर्छ : नेतृ उपाध्य



लिला सुनुवार, ओखलढुंगा ।

नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्य ‘डिना’ ले संविधानको स्थाई कार्यन्वयनका लागि अब सबै दलहरु एकजुट भएर नेपाली काँग्रेसको नेतृत्वमा सर्वदलीय सरकार गठनमा सामेल हुनुपर्ने बताएकी छिन् । उपाध्यले नेपाली जनताले कम्यूनिस्टहरुलाई बहुमतका साथ सरकार गठन गरेर मुलुकमा स्थाई सरकार गठनका लागी ठुलो अवसर दिएपनि कम्यूनिस्टहरुले पदिय प्रलोभनमा परेर संबिधान मिच्दै सडकमा तमासा देखाएकाले उनीहरुबाट संविधानको रक्षा नहुने जनाउँदै अब काँग्रसकोकै नेतृत्वमा सर्वदलीय सरकार गठन हुनु पर्नेमा जोड दिएकी छन् ।

स्वार्थ मिलेसम्म देश निर्माणका लागि नेकपा नामको विमानका दुई पाईलट हौ भन्दै कुम जोडेर हिडेका केपी वली र प्रचण्ड स्वार्थ नमिल्ना साथ दानविय रुपमा सडकमा तान्डव देखाउदैँ मुलुकलाई अतिजोखिम अवस्थामा पुर्‍याएकाले देशलाई अझै ठूलो दुर्घटना हुनबाट जोगाउनकै लागी भएपनि काँग्रेस सरकारमा जानैपर्ने उनले बताइन् ।

यहि फागुन २४ गते खोटाङको हलेसी तुवाचुङ गाउँपालिकाले १११ औ अन्तराष्ट्रिय नारि दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा भाग लिएर फर्कने क्रममा ओखलढुंगा आईपुगेका महालक्ष्मी उपाध्यको साथमा सरस्वाती बजिमाया र नेविसंघका पूर्व केन्द्रिय सदस्य रोदना घिमिरेलाई नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदिपकुमार सुनुवारले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्