सिमेन्ट बोकेको ट्रक त्रिशुलीमा खस्दा दुईको मृत्यु



न्युज अफ नेपाल, धादिङ ।

रुपन्देहीको भैरहवाबाट सिमेन्ट बोकेर काठमाण्डौका लागि छुटेको ट्रक आज धादिङमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

पृथ्वीराजमार्गको बेनीघाटबाट लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सह–चालक २८ वर्षीय सुमन सञ्जेल रहेका छन् ।

दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभएको छ । दुर्घटनामा परेको सवारी साधन त्रिशुली नदीमा परेको छ । दुर्घटनापछि सिमेन्ट समेत नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्