माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा सुरु भएको हो ।

सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज भएसँगै एकीकरण पूर्वकै अवस्थामा पुगेपछि नेकपा माओवादी केन्द्रको यो पहिलो स्थायी कमिटी बैठक हो ।

यस बैठकमा अबका रणनीतिबारे छलफल हुने स्रोतले बताएको छ । यस्तै, आजै पार्टी केन्द्रीय कार्यालयमा माओवादी केन्द्रको बोर्ड राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्