लगानी पूर्वाधार र रोजगार समितिको अन्तक्र्रिया सम्पन्न



विनोदसिंह विष्ट

बैतडी । नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार समिति सुदूरपश्चिम प्रदेशले बैतडीमा युवा तथा स्वरोजगारमा सम्बद्ध ब्यवसायीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको प्रमुख आतिथ्यतामा लगानी पूर्वाधार र रोजगार समितिका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक हिमबहादुर रावलको सभापतित्वमा भएको कार्यक्रममा समितिका प्रदेश सदस्य जनक भट्टले स्वागत तथा प्रदेश सदस्य रमेश पाण्डेयले सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य लेखकले राज्यले देशमा रोजगारी सिर्जना गर्न नसकेको र दिनप्रतिदिन बेरोजगारी बढदै गएकोले युवाहरूले देशमा नै स्वरोजगारको लागि व्यवसायमा जोडिनुपर्ने बताउनुभयो ।कोभिड–१९ का कारण उद्योग व्यवसाय धरासायी बनेको र अर्थतन्त्र धरासायी बनेको र रोजगारीबाट विमुख हुनुपरेको भन्दै युवाहरू साना उद्योग व्यवस्यमा जोडिनु आवश्यक रहेको नेता लेखकले बतउनुभयो ।

कार्यक्रममा बोल्दै लगानी पुर्वाधार र रोजगार समिति सुदूर पश्चिम प्रदेशका संयोजक हिमबहादुर रावलले लगानी पूर्वाधार रोजगार समितिले गाउँस्तरमा नै साना तथा मझौला उद्योग स्थापना गर्न र व्यवसायीलाई बैंकिङ तथा प्राविधिक सहयोगको लागि सहजीकरणका गरी स्थानीय उत्पादनहरूलाई बजारीकरण गरेर युवा स्वरोजगारी सिर्जना गर्ने बताउनुभयो ।कार्यक्रममा पूर्वराज्यमन्त्री नरबहादुर चन्द, पाटन नगरपालिकाका नगर प्रमुख केशवबहादुर चन्द, नेपाली कांग्रेस कंचनपुरका सभापति हरिप्रसाद बोहोरा, नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्द लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्