बैंकिङ कसुरमा पक्राउ



काठमाडौं, (नेस) ।

बैंकिङ कसुरको मुद्दामा उच्च अदालत पाटनले सजाय फैसला गरेको काठमाडौं महनगरपालिका–४ की भावना श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

नारायणप्रसाद बेलबासेको जाहेरीमा उच्च अदालत पाटनले श्रेष्ठलाई दुई दिन कैद र बिगो बमोजिम १६ लाख रुपियाँ जरिवाना हुने ठहर गरेको थियो । उक्त सजाय बेरुजू रही फरार रहेकी निज श्रेष्ठलाई ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले आइतबार चण्डोलमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्