सडक ढलानको बाँकी काम यो वर्ष हुने



खोटाङ, (नेस) ।

खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार सडक ढलान कार्यको बाँकी काम यो वर्ष हुने भएको छ । अघिल्लो वर्षदेखि शुरु गरिएको ढलान कार्यको बाँकी कामका लागि अर्थ मन्त्रालयले शहरी विकास मन्त्रालयलाई पाँच करोड रुपियाँसम्मको निर्माण कार्य अगाडि बढाउन सहमति दिने निर्णय गरेपछि बाँकी काम हुने भएको हो ।

पहिलो चरणमा दिक्तेल बजारको किराँत चोकदेखि सिँचाइ गेट, त्रिवेणी चोकदेखि मालपोत कार्यालय र पुरानो बैंक चोकदेखि झिसेपु मन्दिर जाने सडक खण्ड ढलान भइसकेको छ । प्राप्त बजेटले चालू आर्थिक वर्षभित्रै दिक्तेलको सिँचाइ गेटदेखि टेलिकमसम्मको सडक ढलान गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । अव्यवस्थित बजारीकरणका कारण दिक्तेल बजारको सडक ढलानका क्रममा कतिपय घर तथा पसलको ढोका छेकिन पुगेको छ भने कतिपय घर तथा पसलको ढोका सडकभन्दा माथि हुन पुगेको छ । बजारका घर लाई सडकको सतहसँग मिल्नेगरी पुनः निर्माण गरे मात्र बजार थप व्यवस्थित बन्दै जाने देखिएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्