गागाको कुकुर भेट्टाउनेलाई

४ करोड बढीको इनाम



गीत संगीतका कारण सधैं चर्चामा रहने गरेकी अमेरिकी गायिका लेडी गागा अहिले भने आफ्नो हराएको कुकुर भेट्टाउने व्यक्तिका लागि राखेको इनामको रकमका कारण चर्चामा छिन्। टीएमजेड नामक वेबसाइटका अनुसार गागाले केही दिनअघि आफू शुटिङका क्रममा रोम गएको बेला आफ्नो कोजी र गुस्ताव नामका दुई पाल्तु कुकुुर हराएपछि ४ करोड ८० लाख रुपिया“ बढीको इनाम राखेकी थिइन्।

न्युयोर्क प्रहरीले उनको कुकुर फेला पारी उनलाई बुझाएपछि उनी निकै खुसी भएकी छिन्। खबरअनुुसार केही दिनअघि एक बन्दुधारी व्यक्तिले एक युवकलाई गोली हानेर उनका दुई कुकुर लिएर भागेको थिए। उक्त युवकलाई अस्पताल भर्ना गरिएको थियो भने गागा आफ्नो कुकुर हराएकोमा चिन्तामा थिइन्। उक्त कुकुरहरु एक महिलाले लस एन्जलसस्थित ओलम्पिक पुलिस स्टेसनमा लगेर बुझाएकी थिइन्।

उनको कुकुर किन चोरियो र ती महिलाले कसरी प्रहरीसामु उक्त कुकुर बुझाइन् भन्ने बारे भने प्रहरीले अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ। कुकुर हराउँदा इनामको घोषणा गरेकी गागाले कुकुर फेला परिसकेपछि भने सो इनाम दिने या नदिनेबारे केही उल्लेख गरेकी छैनन्।

प्रतिक्रिया दिनुहोस्