हङकङमा नेपाली म्युजिक भिडियो अवार्ड



नेपाली म्युजिक भिडियो अवार्डको चौथो शृंखला हङकङमा हुने भएको छ।यो अवार्डको उत्कृष्ट ५ मनोनयनमा परेका कलाकर्मीलाई राजधानीमा आयोजित कार्यक्रममा प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।

संगिक्षा फिल्मस्को आयोजनामा हुन लागेको अवार्डमा ४१ विधा समावेश गरिएको छ। जसमा राष्ट्रिय भावनाका गीत, आधुनिक, लोक, पप, नेपाल भाषा र डायस्पोरा विधा समावेश छन्। कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटालाई फादर अफ म्यूजिक भिडियोबाट सम्मान गरिने संगिक्षा फिल्मस्का अध्यक्ष मनोज केसीले जानकारी गराए। त्यसै गरी गायक सिताराम पोखरेललाई ट्रेन्ड सेटर्स अवार्ड प्रदान गरिने भएको छ।

अवार्डको हङकङ आयोजना एभरेष्ट इन्टरनेसनल ट्रेडिङ कम्पनीले गर्दै छ। अवार्ड आयोजनामा बक्स अफिस ग्रुपले पनि सहकार्य गरेको छ। मनोनयन सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि नायिका तथा निर्मँत्री करिश्मा मानन्धर र फिल्मकर्मी उद्धव पौडेलले मनोनयमा परेका कलाकर्मीलाई प्रमाणपत्र प्रदान गरे।

प्रतिक्रिया दिनुहोस्