रश्मी मिसेस ब्युटी क्विन नेपाल



सिजन मिडियाको आयोजनामा राजधानीमा सम्पन्न विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगितामा ललितपुरकी रश्मी शाक्य २२ प्रतियोगीलाई पछि पार्दै मिसेज ट्यालेन्ट अवार्ड विजेतासहित मिसेस व्यूटी क्वीन नेपाल भएकी छिन्।

शीर्ष उपाधि विजेता भएबापत् शाक्यले रेफ्रिजेनेटर लेटमिइनबाट ३० हजार बराबरको गिफ्ट भौचर तथा सिंगापुर र मलेसियाको भ्रमणका लागि हवाई टिकट प्राप्त गरेकी छिन्। प्रतियोगितामा डा. अश्विना केसी फष्ट रनर्सअपका साथै इन्टेलीजेन्ट, लसता शाक्य सेकेन्ड रनर्सअपका साथमा वेष्ट स्कीन र वेष्ट वाक भइन्। विजेताहरुलाई ४० इन्चको टेलिभिजन र भ्याकुम किलनरका साथै सिंगापुर र मलेसियाको हवाई टिकट तथा २० हजारको गिफ्ट भौचर प्राप्त प्रदान गरियो। प्रतियोगितमा शर्मिला घिसिध्र थर्ड रनर्सअप तथा सपना थापा फोर्थ रनर्सअप र अम्विका थापा अर्गनाइजर च्वाइस विजेता भए। प्रतियोगितामा सृजना थापा डिसिपिलिन, सजिता रेग्मी कन्फीडेन्ट, लक्ष्मी राणा लोयल, सुनीता केसी पपुलर, अञ्जु क्षेत्री मिसेज फोटोजेनिक, रेनु रायमाझी फ्रेन्ड्ली, निरु सिंह इनोसेन्ट, लक्ष्मी घिमिरे हम्वल, लक्ष्मी अर्याल वव्ली, सृजना अधिकारी व्यूटीफूल, सुस्मा रिसाल सुवेदी मिसेज इनरजेटीक , चन्द्रकला रायले इन्थुज्यनटिक, लक्ष्मी मर्हजन कोटियोर्स, पनिता कार्की अनेष्ट, सरस्वती अचार्य गौतम मिसेज हार्डर्ओकीङ र सुन्नीमा लम्साल मिसेज व्रेभ एण्ड वोल्ड अवार्ड विजेता भए।

प्रतियोगितामा ब्युटी प्याजेन्ट एसोसिएसन नेपालका अध्यक्ष गोपाललाल कक्षपति, सौन्दर्यविद् सीता न्यौपाने पाठक, आयाम इन्टरनेसनल कलेजका अध्यक्ष तथा प्रिन्सिपल कृष्णचन्द्र झा, फोटोग्राफर राजभाइ सुवाल, अक्षरा स्कुलकी डाइरेक्टर प्रिन्सिपल अञ्जु भट्टराई, सञ्चारकर्मी अनिता विन्दु, प्रदेश न १ आनका अध्यक्ष पवन अधिकारी र मिसेज व्यूटी क्वीन २०१८ की विजेता सुदीक्षा आचार्य निर्णायक रहेका थिए।कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले यस्ता प्रतियोगिताले महिलाको सौन्दर्यका साथै आत्मविश्वास दिलाउने रहेछ भन्ने कार्यक्रम हेरेपछि महसुस गरेको बताइन्।

प्रतिक्रिया दिनुहोस्