जसपाको पहिलो संसदीय दलको बैठक आज बस्दै



न्युज अफ नपाल ,काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक मंगलबार बस्दै छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण गरेर जसपा बनेपछि पहिलो पटक संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो ।

दिउँसो १ बजे बस्ने बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेलगायत समग्र राजनीतिक परिस्थितिबारे छलफल हुने जसपाका नेता राजकिशोर यादवले जानकारी दिए । ।संसदको बैठक बुधबार दिउँसो १ बजे बस्दै छ ।

गत आइतबार बोलाइएको पुनःस्थापित संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्न अनुमति दिइएको विरोधमा नेपाली कांग्रेस र जसपाले बैठक अवरुद्ध गरेका थिए ।यस्तो अवस्थामा संसद्मा पनि सरकार निर्माणका लागि नयाँ गठबन्धन बन्न सक्ने अवस्था बनेको छ । यसबारे पनि दलहरू आन्तरिक र द्विपक्षीय छलफलमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्