अमलाको सेवन गर्दा फाइदै फाइदा



अमला प्रकृतिले दिएको निःशुल्क बहुगुणी फल हो । आयुर्वेदिक दृष्टिकोणले पनि अमलाको अति नै महत्व छ । अमलाले स्वस्थ रहन निकै ठूलो भूमिका खेलेको हुन्छ । अमलालाई कुटेर कपालमा लगाउनुभयो भने ९० प्रतिशत कपाल टुक्रनबाट रोक्छ ।

कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ । अमलाको जुसमा थोरै मह मिसाएर पिउँदा आँखाको ज्योति बढाउन सहयोग मिल्छ । यसको नियमित सेवनले रतन्धो हुनबाट पनि बचाउँछ । अमलामा क्याल्सियम, प्रोटिन, भिटामिन, मिनरल्सलगायतका विभिन्न पोषक तत्वहरू हुन्छ । यसले शरीरको रोग–प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।नियमितरूपमा अमला खाँदा यसले शरीरको सेल बढाउँछ र स्र्फूत राख्छ ।

यसले रक्तसञ्चालन गराउनुका साथै मुटुसम्बन्धी रोग लाग्नबाट पनि बचाउँछ । डायबेटिजका बिरामीका लागि पनि अमला निकै फाइदापूर्ण हुन्छ । यसले मेटाबोलिजम बढाउनुका साथै शरीरमा तागत दिन्छ ।यसमा पाइने फाइबरले पाचन प्रणालीलाई मजबुत बनार्उछ । अमलामा पानीको मात्रा हुनाले पिसाबसम्बन्धी समस्या पनि हटेर जान्छ । अमलाको नियमित सेवनले चाउरीपना हटाउन मद्दत गर्छ । अमलाको सेवनले निद्रा नलाग्ने समस्यासमेत हटेर जान्छ ।
– निराजन बलायर, कौशलटार 

प्रतिक्रिया दिनुहोस्