११ लाख घूससहित प्रहरी हवल्दार पक्राउ



काठमाडौं, (नेस) ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिला प्रहरी हवल्दारलाई ११ लाख घूस रकमसहित पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा कार्यरत हवल्दार ताराकुमारी श्रेष्ठलाई पक्राउ गरेको छ ।

हवल्दार श्रेष्ठले घूसबापत लिएको रकम राख्ने चाबहिलमा रहेको ओल्ड टाउन क्याफेका सञ्चालक अनिश जोशीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।हवल्दार श्रेष्ठले मोबाइल फोन अवैधरुपमा ल्याएको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई धरौटीमा छुटाइदिने भन्दै ११ लाख घूस लिएकी थिइन् । सो सूचना पाएको आयोगले हवल्दार श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्