खुला सीमाना :मुद्दा फस्र्योटमै समस्या



कृष्णउदास खनाल, वीरगन्ज ।

खुला सीमाको फाइदा उठाउँदै दक्षिण भारतबाट नेपालमा प्रवेश गरी आपराधिक गतिविधि गर्ने भारतीयको लगत फस्र्योटमा सुधार नआएको पाइएको छ ।सीमावारि आई अपराध गरी पुनः सीमा कट्ने हुँदा पर्सा जिल्ला अदालतले दोषी ठहर गरिसकेका विदेशीको लगत फस्र्योटमा सुधार गर्न नसकिएको हो ।

अदालतले दोषी ठहर गरिसकेकामध्ये १ सय ८६ जना विदेशीको लगत फस्र्योट गर्न अझै बाँकी रहेको पर्सा जिल्ला अदालतको तहसिल शाखाले जनाएको छ । यो लगतमा पनि गम्भीर प्रकृतिका अपराध गरी कैद मात्र फैसला सुनाएका १४ जना रहेको पर्सा जिल्ला अदालतको तहसिल शाखाका प्रमुख विनोद पोखरेलले बताउनुभयो ।त्यसै गरी जरिवाना मात्र सुनाइएका पनि ५६ जना र जरिवाना तथा कैद दुवै सजाय सुनाइएका सबैभन्दा बढी अर्थात् १ सय १५ जना छन् । स्वदेशी नागरिकबाहेक सबैलाई विदेशी भनिने हुँदा पर्सा जिल्ला अदालतको लगतअनुसार दोषी ठहर भएका सबै भारतीय नागरिक रहेको नै उहाँले बताउनुभयो । चालू आर्थिक वर्षको माघ महिनामा एक जना फेरि थपिँदा पर्सा जिल्ला अदालतले विदेशी नागरिकबाट लगत फस्र्योट गर्नेको संख्या १ सय ८६ पुगेको हो ।

चालू आर्थिक वर्षको माघसम्म कैद मात्र फैसला सुनाइएका २ जना र कैद तथा जरिवाना दुवै ठहर भएका ६ जना गरी ८ जनाको भने लगत फस्र्योट भएको छ । तथापि, जिम्मेवारी सरी आएकासहित दोषी ठहर सबैको हकमा भने अदालत आफ्नो प्रक्रियामा लागिरहेको फस्र्योट हुन भने अझै बाँकी रहेको तहसिल शाखा प्रमुख पोखरेलले जानकारी दिनुभयो ।यता विभिन्न अपराधमा संलग्न भएका नेपालीको संख्या माघ महिनामा पनि १ सय ९७ जना थपिएको छ । यो संख्यासहित पर्सामा अपराधमा संलग्न भई अदालतले दोषी ठहर गरेपछि फरार हुने नेपालीको कुल संख्या ३ हजार २ सय ७४ पुगेको पर्सा जिल्ला अदालतको तथ्यांकले देखाएको छ ।

यो संख्यामा गत वर्षसम्मको जिम्मेवारी सरी आएको संख्या सबैभन्दा धेरै अर्थात् ३ हजार ७७ रहेको छ। यो संख्यामा ७५ जनालाई कैद मात्र छ । १ हजार ८ सय ९९ जनालाई जरिवाना र १ हजार १ सय ३ जनालाई भने कैद र जरिवाना दुवै सुनाइएको तहसिल शाखा प्रमुख पोखरेलले बताउनुभयो । तहसिलमा सबैभन्दा बढी मुलुकको पछिल्लो नयाँ संरचना र स्थानीयको असहयोग पनि रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्