जनताको मुद्दा बिर्सेकै कारण प्रचण्ड बाबुराम धुलोपिठो भए : विप्लव



यमलाल भुसाल, बुटवल ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रचण्ड र बाबुरामले जनताको मुद्धा विर्सेकै कारण धुलोपिठो भएको टिप्पणी गर्नु भएको छ । ‘ प्रचण्ड र बाबुरामले गलत बाटो लिए’ कपिलवस्तुको शिवगढीमा सोमबार पार्टी निकट अनेमसंघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नु भएको हो ।

उहाँले सहिद परिवार, बेपत्ता र किसान मजदुरको मुद्धा विर्सेकै कारण अहिलेको स्थिती पैदा भएको बताउनु भयो ।‘मन्त्री त हामी पनि हुनसक्थ्यौँ’ उहाँले भन्नु भयो –‘गाउँगाउँमा भ्रष्टाचार गर्ने, बलात्कार गर्नेहरुलाई कारवाही गर्नु गल्ती हो ?’ सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध गलत भएको दावि गर्नु भयो ।

न्यायको पक्षमा लडाइँ गर्दा प्रतिबन्ध भोग्नु परेको उहाँको भनाई रहेको छ । महासचिव विप्लबले प्रधानमन्त्री केपी शर्मा ओली र कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको आलोचना गर्नु भयो । बम टेक्दै र हतियार खोस्दै हिँड्न सक्ने बताउदै उहाँले महिलाले सम्पतिमा समान अधिकार नपाएसम्म मुक्ति नपाउने पनि बताउनु भयो । न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको विप्लवले दावी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्