एमभी दुगडद्वारा नेपालमा पियाजियोेको ‘अप्रिलिया एसएक्सआर १६०’ सार्वजनीक



न्युज अफ नेपाल, काठमाडौँ ।

पियाजियो र एमभी दुगड ग्रुपले नेपालमा अप्रिलिया एसएक्सआर १६० सार्वजनिक गरेको छ । अप्रिलिया नयाँ डिजाइन भाषाअन्तर्गत डिजाइन गरिएको पहिलो स्कुटर हो ।

नेपालको सबै डिलरशिपमा उपलब्ध यस स्कूटरको मूल्य चार लाख नौ हजार नौ सय रुपैयाँ तोकिएको छ । पियाजियो इण्डियाका अध्यक्ष र प्रबन्धनिर्देशक डिएगो ग्राफी, वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवाल साथै एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड, भाइस प्रेसिडेन्ट विजय महतोले अप्रिलिया सार्वजनिक कार्यक्रमको संयुक्त उद्घाटन गरेका थिए ।

अप्रिलिया एसएक्सआर १६० ले एप्रिलाको सबैभन्दा नयाँ ग्लोबल डिजाइन भाषा समावेश गरेको छ । एकल सिलिन्डर, ४–स्ट्रोक, एयर–कुल्ड, ३ भल्भ फ्युल इन्जेक्सन, कम कार्बन इमिसन इन्जिन टेक्नोलोजी लगाएको छ, जसले ७१ सय आरपीएममा ११ पीएसको पिक पावर उत्पादन गर्दछ । उत्तम सवारी अनुभव र उच्चस्तरको आराम प्रदान गर्न ठूलो, लामो, आरामदायी र एर्गोनोमिक सिटहरू रचना गरेको छ । यस्तै, सलक्क बडी ज्यामितीय रूपरेखा र उच्च शिल्प कौशलले एप्रिला एसएक्सआर १६० को गतिशील प्रीमियम अपील प्रतिविम्बित गर्दछ । स्कूटर १२ भोल्ट, ५.० एचएमएफ ब्याट्रीको साथ र ७ लिटर इन्धन क्षमताको साथ बजारमा आएको छ ।

अप्रिलिया एसएक्सआर १६० ३ कोट एचडी बडी पेन्ट फिनिश, अप्रिलिया फिचर ग्राफिक्स , म्याट कालो डिजाइन सम्मिलित डार्क क्रोम एलिमेन्टस्को साथ उपलब्ध गराइएको छ । एलईडी टेक्नोलोजी ट्वीन्स क्रिस्टल हेड लाइट र आईलाईन पोजिसन लाइटको साथ मर्ज भएको फ्रन्ट इंडिकेटर व्लिङ्करले अद्वितीय प्रकाश सिर्जना गर्छ ।

डाईमण्ड रिफ्लेक्सन एलईडी टेललाईटको साथ एकीकृत रियर व्लिङ्कर भएको यस एप्रिला एसएक्सआर १६० ले नयाँ पुस्ताको आवश्यकता पूर्ति गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्