सुनचाँदीको मूल्य वृद्धि, तोलाको कति ?



नयुज अफ नेपाल, काठमाडौं ।

 नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । आइतवार प्रतितोला ८६ हजार १ सयमा कारोबार भएको छापावाला सुन तोलामा १ सयले वृद्धि भई ८६ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८५ हजार ७ सय ५० मा कारोबार भइरहेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । वृद्धि भएसँगै चाँदी १२ सय ६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्