दोस्रो अकिआस फुटसल कपमा कालिका टिम विजयी



सरस्वती न्यौपाने ,रसुवा ।

जिल्लाकै सर्वाधाकि पुरस्कार राशी भएको दोश्रो अकिआस फुटसल कप टिम युनिटि कालिकाले हात पारेको छ ।शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्वलित समाज (अकिआस) को आयोजना मा भएको सप्ताह व्यापी फुटसल रसुवाको २९ टिम नुवाकोटको दुई टिम गरी ३ वटा टिम खेलका थिए ।

दोस्रो हुने ज्याङदे युवा सोसाईटी तेस्रो हुने भुमेदेवि कल्लेरी युवा क्लब र सान्त्वना आयोजक टिम अकियास रहेका छन । प्रथम हुनेलाई नगद ५० हजार सहित टफ्र्रि दोस्रो हुनेलाई २५ हजार तेस्रोलाई १५ हजार सान्त्तनालाई ५ हजार नगद सहित प्रंशसा पत्र प्रदान गरिएको छ । आजको युवाहरुलाई पढाईको साथ साथै खेलकुदबाट अगाडी बढाएर लान आवश्यक रहेकोले आफु र आफ्नो ठाउँलाई चिनाउन यस्तै खेलहरु खेल्न जरुरी रहेको आयोजक टिमका अध्यक्ष निबेश श्रेष्ठले बताउनुभयो ।

हिमाली जिल्ला रसुवा तामाङ सम्पदा मार्ग र पदयात्राको लागि हो भनेर चिनिदै आएको छ । अबका दिनहरुमा खेलकुद मा पनि अगाडि रहेको विश्वभर चिनाउनुपर्ने नागरिक समाजका अध्यक्ष बाबुलाल तमाङले बताउनु भयो । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल मन्त्र बोकेर खेलमा पनि फुटसल खेल माफर्त जिल्ला भित्रका विभिन्न प्रतिभाहरुलाई उजागर गर्न अगामी दिनहरुमा पनि निरन्तरता दिइने बताइएको छ । ६ दिन सम्म खेलाइएको खेल आइतबार सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्