सार्क चेम्बर महिला उद्यमीको नाइट बजार शुरू



काठमाडौं, (नेस) ।

सार्क चेम्बर महिला उद्यमी परिषद् नेपालको आयोजनामा नाइट बजार शुरू भएको छ । बजारमा २२ वटा स्टाल रहेका छन् । बजारको उद्घाटन नेसनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष तथा संस्थाकी की सल्लाहकार प्रेमा राज्यलक्ष्मी सिंहले गर्नु भएको थियो ।

त्यसैगरी बजारमा होटल संघ नेपालकी अध्यक्ष तथा संस्थाकी सल्लाहकार श्रीजना राणा, संसद सदस्य तथा संस्थाकी सल्लाहकार छाया शर्मा, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा लगायतको उपस्थिति रहेको थियो ।बजारको उद्देश्य नेपालमा बनाइएका उत्पादनको प्रदर्शन गर्ने, आफ्नै देशमा उपलब्ध गुणस्तरीय उत्पादनको महत्व झल्काउने, स्थानीय उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने, मानिसहरुको सोच परिवर्तन गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्