अप्रिलिया एसएक्स आर १६० बजारमा



काठमाडौं, (नेस) ।

पियाजियो र एमभी दुगड गु्रपले अप्रिलिया एसएक्स आर १६० शुरू गर्ने घोषणा गरेको छ । अप्रिलिया नयाँ डिजाइन गरिएको पहिलो स्कुटर हो । प्रिमियम स्कूटर नेपालको सबै डिलरसिपमा ४ लाख ९९ हजार रुपियाँको मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पियाजियो इण्डियाका अध्यक्ष र प्रबन्ध निर्देशक डिएगो ग्राफी, वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवाल साथै एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड, भाइस प्रेसिडेन्ट विजय महतोले उद्घाटन गर्नुभयो ।अप्रिलिया एसएक्स आर १६० ले अप्रिलियाको सबैभन्दा नयाँ ग्लोबल डिजाइन भाषा समावेश गरेको छ । एकल सिलिन्डर,४–स्ट्रोक, एयर–कूल्ड,३ भल्भ फियुल इन्जेक्सन, कम कार्बन इमिसन इन्जिन टेक्नोलोजी लगाएको छ, जसले ७१ सय आरपीएममा ११ पीएसको पिक पावर उत्पादन गर्दछ ।

उत्तम सवारी अनुभव र उच्चस्तरको आराम प्रदान गर्न ठूलो, लामो, आरामदायी र एर्गोनोमिक सिटहरू रचना गरेको छ । सलक्क बडी ज्यामितीय रूपरेखा र उच्च शिल्प कौशलले अप्रिलिया एसएक्स आर १६० को गतिशील प्रिमियम अपिल प्रतिबिम्बित गर्दछ । स्कूटर १२ भोल्ट, ५ एएच डट एमएफ ब्याट्रीको साथ र ७ लिटर इन्धन क्षमताको साथ आउँदछ ।

प्रतिक्रिया दिनुहोस्