चाबहिल तरकारी तथा फलफूल होलसेल कृषि बजार खुल्यो



काठमाडौं, (नेस) ।

चाबहिल तरकारी तथा फलफूल होलसेल कृषि बजारको खुलेको छ । उक्त बजार माइती नेपालकी अध्यक्ष तथा सामाजिक अभियन्ता अनुराधा कोइरालाले उद्घाटन गर्नुभएको थियो । आधुनिक कृषि बजारका अध्यक्ष रवीन्द्र ज्वारचनको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कृषि बजारमो २५० स्टलमार्फत अर्गानिक तरकारी तथा फलफूल उपलब्ध हुने छ ।

बजारको उद्देश्य भनेको सम्पूर्ण उपभोक्तालाई उचित मूल्यमा सबै प्रकारका तरकारी तथा फलफूल उपलब्ध गराउनु रहेको छ । चाबहिल तरकारी तथा फलफूल होलसेल कृषि बजार, ओम अस्पतालको पछाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्