रसुवागढी नाका पुनः सञ्चालन



रसुवा, (नेस) ।

बन्द रहेको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ । भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार माघ २९ गतेदेखि बन्द रहेको नाका शुक्रबार पुनः सञ्चालनमा आएको हो ।

नाकाबाट ६ वटा कन्टेनरमा रेडिमेड र एक कन्टेनरमा जलविद्युत् आयोजनाको सामग्री रहेको छ ।नेपाल आएका सात चिनियाँ कन्टेनर सामान लिएर सिगात्सेबाट सिधैं रसुवागढी आएको हो ।त्यसरी सामान ल्याउँदा ढुवानी कम पर्ने बताइएको छ ।गत जेठ २२ गतेबाट एकतर्फी नाका खुले पनि चीनले कोभिडको कारण देखाउँदै सजिलै नियमित सञ्चालन गरेको थिएन । नियमित रुपमा नै नाका सञ्चालन नभएको चाहिँ एक वर्ष भयो ।

आर्थिक वर्षको सात महिनामा रसुवा भन्सार कार्यालयले लक्ष्यभन्दा १७ प्रतिशत मात्र राजस्व सङकलन गरेको छ । गत वर्ष ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपियाँ राजस्व संकलन गरेको थियो भने यस वर्षको आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म दुई अर्ब ३ करोड ४८ लाख ३२ हजार रुपियाँ मात्र राजस्व संकलन गरेको छ ।रसुवागढी नाका पुरानो व्यापारिक नाका हो । दुई देशबीचको छलफलपछि फागुन २१ गते पुनः सञ्चालनमा आएको छ ।सीमा क्षेत्रमा कोभिड नदेखिएको र सामग्री आयात हुनुपर्छ भन्ने व्यवसायीको माग भएपछि सात वटा चिनियाँ कन्टेनरले नेपालतर्फ सामान झारेको हो ।

प्रतिक्रिया दिनुहोस्