नेप्सेमा दोहोरो अंकको गिरावट



नेपाल समाचारपत्र, काठमाडौं । 

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।यस दिन नेप्से २१ दशमलव ५८ अंकले ओरालो लागेर २४८५ दशमलव शून्य ९ बिन्दुमा झरेको छ । नेप्सेमा भएको गिरावटसँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण घटेर ३४ खर्ब २४ अर्ब ८५ लाख रुपियाँको हाराहारीमा झरेको छ ।

कुल २११ कम्पनीको १ करोड १७ लाखभन्दा बढी कित्ता शेयर ५ अर्ब ५४ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार कारोबार भएका १३ वटा समूहमध्ये दुई समूहको परिसूचक वृद्धि हुँदा ११ वटा समूहको परिसूचक भने ओरालो लागेको छ । यस दिन होटल तथा पर्यटन समूह ५० दशमलव १५ र जलविद्युत् समूह १८ दशमलव ३४ अंकले वृद्धि हुँदा बैंकिङ समूह १२ दशमलव ४१, व्यापार समूह १८१ दशमलव ४८, विकास बैंक समूह ५ दशमलव ५६, वित्त समूह ३ दशमलव २६, निर्जीवन बीमा समूह ८५ दशमलव ५१, उत्पादन समूह ८२ दशमलव २९, अन्य समूह १७ दशमलव ७१, लघुवित्त समूह ५१ दशमलव ७९, जीवन बीमा समूह ३०६ दशमलव ३२, सामूहिक लगानी कोष समूह शून्य दशमलव शून्य २ र लगानी समूह १ दशमलव ७५ अंकले ओरालो घटेको छ ।
कारोबार रकमका आधारमा आइतबार नेपाल पूर्वाधार बैंक अग्रस्थानमा रहेको छ ।

सो बैंकको ४२ करोड ७८ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । यस्तै नेपाल बैंकको ३९ करोड ६९ लाख, माथिल्लो तामकोशी जलविद्युत् कम्पनीको २४ करोड २३ लाख, ग्लोबल आइएमई बैंकको १७ करोड १३ लाख, नेपाल इन्स्योरेन्स कम्पनीको १५ करोड ७६ लाख र शिखर इन्स्योरेन्स कम्पनीको १४ करोड ७१ हजार रुपियाँभन्दा बढीको कारोबार भएको छ ।समग्र परिसूचका दोहोरो अंकको गिरावट आएको यस दिनको कारोबारका आधारमा चन्द्रागिरि हिल्सका लगानीकर्ताले सबैभन्दा धैरै कमाएका छन् । सो कम्पनीको शेयर मूल्य ९ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै नेपाल हाइड्रो डेभलपरको ९ दशमलव ८३, रैराङ हाइड्रोपावरको ९ दशमलव ६९, एक्सेल डेभलपमेन्ट बैंकको ७ दशमलव १४, नेपाल इन्स्योरेन्सको ६ दशमलव ५४, युनिभर्सल पावर कम्पनी ५ दशमलव ११, रिलायन्स फाइनान्सको ४ दशमलव ४८, माथिल्लो तामाकोशीको ४ दशमलव १७ प्रतिशतले शेयर मूल्य बढेको छ ।त्यस्तै नेशनल हाइड्रोपावर, साल्ट टे«डिङ कर्पोरेशन, बोटलर्स नेपाल तराई, किसान लघुवित्त, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम, श्रीइन्भेस्टमेन्ट फाइनान्स, सर्पोट माइक्रोफाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्