बार्सिलोनाद्वारा ओसासुना पराजित



लन्डन, (एजेन्सी) । 

स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाद्वारा ओसासुना आफ्नै घरेलु मैदानमा २–० गोलअन्तरले पराजित भएको छ ।बार्सिलोनाको जितमा पहिलो र दोस्रो हाफमा गरी जोर्डी अल्वा र इलाइक्स मोरिवाले एक–एक गोल गरे । पाम्पलोनामा शनिबार राति भएको खेलमा पाहुना टोली बार्सिलोनाले खेलको ३०औं मिनेटमा अग्रता लिएको थियो । कप्तान लियोनल मेसीको पासमा जोडी अल्वाले उक्त गोल गरेका थिए ।

त्यस्तै, खेलको ८३औं मिनेटमा सब्सिच्युट मोरिवाले मेसीकै पासमा गोल गर्दै बार्सिलोनालाई २–० को सहज जित दिलाए । मोरिवा ६७औं मिनेटमा सर्जियो बुस्क्वेट्सको स्थानमा मैदान प्रवेश गरेका थिए । जितसँगै बार्सिलोनाको २६ खेलबाट ५६ अंक भएको छ । पराजित ओसासुना भने २८ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्