नेताज्यू, जनतालाई उल्लु नसम्झिनुस्



नेताज्यू, तपाईंहरु जागिर खान र कमाउन त्यो ठाउँमा जानुभएकै हैन । तपाईंहरुलाई ३ करोड नेपालीको प्रतिनिधित्व गरेर उनीहरुका समस्या समाधान गरी देशको राज्यभार चलाउन पठाइएको हो । तपाईंहरू सेवक बन्नुस्, जनतालाई सेवक नबनाउनुस् । आफू शासक बनेर नबस्नुस् । जे मन लाग्यो त्यही गर्दै हिँड्न छुट कसैलाई छैन ।

यो नेपाल जनताका हातमा छ । जनताले तपाईंहरूलाई कति विश्वासका साथ संसद् भवनको ढोका खोलिदिएका थिए तर तपाईंहरू जनतालाई सेवक बनाउने, आफ्नै भुँडी भर्न जनतालाई उल्लु बनाउने ? नेपाल प्रजातान्त्रिक देश हो र सम्पूर्ण देश जनताको हातमा छ । देशलाई खेलौना नसम्झनुस् । यदि यसो भयो भने संसद् भवनमा पु¥याउने जनताले तपाईंलाई रोडमा झारिदिनेछन् ।त्यसैले जनताको र देशको हितमा काम गर्नुस् ।
सपना थापा,

प्रतिक्रिया दिनुहोस्