चिडियाघरको ब्वाँसोको खोरमा कुकुर



बेइजिङ, (एजेन्सी) ।

चीनको मध्यभागस्थित एउटा चिडियाघरमा त्यहाँका कर्मचारीहरूले ब्वाँसो भनेर खोरमा एउटा कुकुर थुिनराखेको वास्तविकता आगन्तुकहरूले हालसालै आएर मात्र बल्ल थाहा पाएका छन् । हुवेई प्रान्तको सियान्निंगस्थित सियान्गवुसान चिडियाघरको खोरमा आगन्तुकहरूले कुकुरलाई ब्वाँसो ठानेर हेर्दै आएको तथ्यको भिडियो सामाजिक सञ्जालमा भाइरल हुन पुगेको छ ।

भिडियो बनाउने सु नामक व्यक्तिले, ‘तँ ब्वाँसो हो ? ’ भन्दै खोरमा रहेको कुकुरलाई प्रश्न सोधेको संक्षिप्त भिडियो भाइरल भएको हो । यस भिडियोलाई लिएर अनलाइनमा प्रयोगकर्ताहरूको लामै ख्यालठटा चलेका छन् । त्यसैगरी, केहिले कोभिड १९ को महामारी राम्ररी सेलाइ नसकिँदै यसरी चिडियाखाना खोल्नु कतिको जायज भनेर प्रश्न उठाएका छन् ।

बेइजिङ न्युजका अनुसार ब्वाँसोको बुढ्यौलीको कारढा मृत्यु भएपछि खाली खोरमा पार्कको रेखदेखका लागि पालिएका कुकुरलाई राखिएको त्यहिँका कर्मचारीहरूले बताएका छन् । बाघ भालुसमेत राखिएको सो चिडियाघरको प्रवेश शुल्क १५ युयान रहेको छ । स्थानीय प्रशासनले सो खोरमा ‘ब्वाँसो’ लेखेर झुन्ड्याइएको साइनबोर्ड हटाउन तथा आगन्तुकहरूलाई भ्रममा नराख्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्