छोरीको काटिएको टाउकोसहित पिता पक्राउ



नयाँदिल्ली, (एजेन्सी) ।

उत्तरी भारतीय राज्य उत्तर प्रदेशका प्रहरीले आफ्नी छोरीको टाउको काटेको आशंकामा एकजना पुरूषलाई गिरफ्तार गरेको छ । आफ्नी सत्र वर्षीया छोरीको काटिएको टाउको लिएर प्रहरी चौकीतर्फ बढ्दै गरेका सर्वेश कुमार नामक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीद्वारा खिचिएको यस घटनासम्बन्धी भिडियोमा ती व्यक्तिले छोरीले आफूलाई मन नपर्ने एक पुरूषसँग प्रेम सम्बन्ध अघि बढाएकाले आफूलाई रिस उठेको बताएको देखिन्छ ।हरेक वर्ष भारतमा परिवारको सहमतिविपरीत प्रेम वा विवाह गरेको कारण सयौं व्यक्ति मारिने गरेका छन् । भिडियोमा सर्वेशले भनेका छन्, ‘हालसालै मात्र मलाई मेरी छोरीको ती व्यक्तिसँग प्रेम सम्बन्ध रहेको कुराको जानकारी मिलेको हो ।

मैले छोरीलाई घरमा एक्लै भेटाएपछि उनलाई एउटा कोठामा थुनेर धारिलो हतियारले उनको टाउको काटेको हुँ ।’स्थानीय व्यक्तिहरूले एकजना मानिस काटिएको टाउको हातमा लिएर बाटोमा हिँडिरहेको खबर प्रहरीलाई गरेका थिए । यो घटना उत्तर प्रदेशको हरदोई जिल्लामा भएको हो । सन् २०११ मा भारतको सर्वोच्च अदालतले यसरी परिवारको प्रतिष्ठाका लागि कसैको हत्या गर्ने अभियुक्तलाई मृत्युदण्ड दिइनुपर्ने सुझाब दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्